अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिने तयारी

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिने तयारी


काठमाडौं- सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ ।

आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका सदस्य मिनेन्द्र रिजालले रातोपाटीलाई जानकारी दिनुभयो । उहाँका अनुसार साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा बसेर काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले काम गरिरहेका छन् ।