अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले एमालेसँगको आक्रोस सुकुम्बासमाथी पोख्यो : पोख्रेल

सरकारले एमालेसँगको आक्रोस सुकुम्बासमाथी पोख्यो : पोख्रेल


बुटवल – सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोप्रति लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले आक्रोश व्यक्त गरेका छन् ।
एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि पोख्नु सरकारको लाचारी भएको उहाँको टिप्पणी छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध दबाब सिर्जना गर्न आह्वान गर्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारी हो । गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गरौं ।’