अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई वाम विश्लेषक श्याम श्रेष्ठको प्रश्न- ‘धरहरा र रानीपोखरी पनि भत्काउने हो ?’

देउवालाई वाम विश्लेषक श्याम श्रेष्ठको प्रश्न- ‘धरहरा र रानीपोखरी पनि भत्काउने हो ?’


काठमाडौं- सर्वोच्चको परमादेशबाट बनेको शेरबहादर देउवा सरकारले केपी ओली सरकारका हरेक निर्णय उल्ट्याउन थालेको छ ।

राजदूत सिफारिस उल्ट्याएलगत्तै देउवा सरकारले धनीपूर्जा दिने चरणमा पुगेको भूमि सम्बन्धि समस्या समाधान आयोग नै खारेज गरेको छ । साढे दुई लाखभन्दा बढी भूमिहीनले पूर्जा पाउने बेलामा आयोग खारेज गरेकोमा असन्तुष्टि चुलिन थालेको छ ।

वाम विश्लेषक श्याम श्रेष्ठले आयोगक खारेज गरेकोमा कडा टिप्पणी गर्नुभएको छ । ‘भूमि सम्बन्धि आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ। यो भूमिहीन, गरिब, सुकुम्वासी र तल्लो वर्गका जनताको जीवनसित जोडिएको आयोग थियो,’ उहाँले भन्नुभएको छ, ‘अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक छ। राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनु पर्छ।’

श्रेष्ठले थप भन्नुभएको छ, ‘जनविरोधी-देशघाती कुरा मात्र उल्ट्याउने हो। नत्र त धरहरा पनि उल्ट्याए भयो। रानी पोखरी पनि भताभुंग पारे भयो।’