अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी फुटाउन साक्षी बोलाएको भन्दै माधव नेपालको बैठकमा नेताहरु आएनन्

पार्टी फुटाउन साक्षी बोलाएको भन्दै माधव नेपालको बैठकमा नेताहरु आएनन्


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेलामा आउन नेताहरुले अस्वीकार गरेका छन् ।

एमाले केन्द्रीय कमिटीमा ४० प्रतिशत हाराहारी रहेको नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले फुटको साक्षी बस्न नसक्ने भन्दै बैठकमा आउन अस्वीकार गरेका छन् । नेताहरुले बुधबार बिहान ११ बजे बोलाइएको बैठकका एजेन्डा माग गरेपछि भोलिसम्मका लागि बैठक रोकिएको छ ।

केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको दाबी गर्नुभयो ।

स्थायी कमिटी बैठकमा बेदुराम भूसाल र मुकुन्द न्यौपाने बाहेक सबैले एकतामा ढिला गर्न नहुने धारणा राखेका थिए । स्थायी कमिटीमा अलग पार्टीको पक्षमा नेपाल, भूसाल र न्यौपानेमात्रै रहेपछि केन्द्रीय कमिटीबाट पार्टी फुटाउने आंकलन गरिएको छ ।