अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बाँस्कोटाको प्रश्न : भूमिहीनविरुद्धको प्रतिगामी काममा माओवादीले कसरी ल्याप्चे लायो?

गोकुल बाँस्कोटाको प्रश्न : भूमिहीनविरुद्धको प्रतिगामी काममा माओवादीले कसरी ल्याप्चे लायो?


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले देउवा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि माओवादी केन्द्रप्रति प्रश्न गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले देशभर झन्डै १७ लाख संख्यामा रहेका भूमिहीनलाई जग्गा तथा बसोबासको व्यवस्थाका लागि बनेको भूमि आयोग खारेज गर्ने निर्णयमा नेकपा माओवादी केन्द्रजस्तो सर्वहाराको पार्टीले कसरी समर्थन गर्यो भनेर प्रश्न गर्नुभएको हो ।

मूलतः नेकपा माओवादी केन्द्रकै साथ र सहयोगमा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको हो ।

‘परमादेश सरकारद्वारा गरिएको भूमि आयोगको खारेजीलाई मचैं अनपेक्षित कदम ठान्दिनँ । यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो,’ बाँस्कोटाले लेख्नुभएको छ, ‘अचम्मित यसमा छु कि आफूलाई सर्वहारा वर्गको महान् प्रतिनिधि भन्ने माओवादीले झन्नै १७ लाख भूमिहीन जनतालाई खुला आकाशमुनि बास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो?’