अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिकोणात्मक सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा

त्रिकोणात्मक सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा


काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।