अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चद्वारा कारण देखाउ आदेश


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

ठाकुरले जसपा विवाद निरूपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुईटा रिट दायर गर्नुभएको थियो ।

यसविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै रिट लगाउमा राखेर सँगै सुनुवाइ गर्नसमेत आदेश गरेको छ ।