काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । उहाँको मिर्गौला प्रत्यारोपण आज भारतको दिल्लीस्थित अपोलो अस्पतालमा गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू केही समय अघिदेखि डाक्टर अकिल मिश्राको निगरानी तथा नेतृत्वमा दिल्लीको अपलो हस्पिटलमामा उपचाररत रहनुभएकोमा आज डाक्टर सन्दीप गुलोरियाको सर्जरी टिमले उहाँको मृगौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ,’ नेता खनालको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘अब उहाँ केही समय अस्पतालमै रहेर आराम गर्नुहुनेछ । स्वास्थ्य स्थिति सामान्य भए पश्चात उहाँ नेपाल फर्किनु हुनेछ ।’
खनाल गत असार २ गते अस्पताल भर्ना हुनु भएको थियो । खनालको दुवै मिर्गौलामा समस्या थियो ।





प्रतिक्रिया