गण्डकी- गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त हुनुभएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उहाँलाई शपथ ग्रहण गराउनुभएको हो ।
समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।
गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका-८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो । गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिनुभयो । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भई सक्नुभएको छ् ।
प्रतिक्रिया