अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपाल समूहलाई एमालेको नाम दुरुपयोग नगर्न चेतावनी

माधव नेपाल समूहलाई एमालेको नाम दुरुपयोग नगर्न चेतावनी


काठमाडौं -माधव नेपाल समुहले नेकपा एमालेको नाम दुरुपयोग गरेको भन्दै एमाले केन्द्रीय कार्यलयले आपत्ति जनाएको छ ।

नेपाल समूहले आज केन्द्रीय कमिटीको बैठक भन्दै आफू पक्षीय केन्द्रीय सदस्यलाई काठमाडौं बोलाएको छ । पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङले उक्त विज्ञप्ती जारी गरेर आज एमालेको कुनै बैठक नभएको स्पष्ट पार्नुभएको छ । ‘नेकपा एमालेको नामबाट श्रावण २१ गते केन्द्रीय कमिटीको बैठक भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यलयको गम्भीर ध्यानाकर्षण भएको छ,’ तामाङले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘श्रावण २१ गते पार्टीको कुनै बैठक आयोजना गरिएको छैन ।’

एमालेको नाममा पटक पटक अनधिकृत गतिविधि गर्ने र त्यस्तो गतिविधि उपर संविधान,प्रचलित कानुन र पार्टीको विधान समेत आकर्षित हुने भएकोले त्यस्ता गतिविधिमा नलाग्न सबैलाई आग्रह गरिएको छ ।