काठमाडौं– सर्वोच्च अदालतलाई परमादेश दिलाउन बक्तव्य निकाल्ने पूर्वप्रधानमन्त्री दार्चुला घटनामा मौन रहेको भन्दै एमाले केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्मरण गराउनुभएको छ ।
सर्वोच्च अदालतबाट आफ्नो पक्षमा परमादेश नआउला कि भनेर शेरबहादुर देउवाले चार पूर्वप्रधानमन्त्रीहरुलाई साथमा लिएर ‘विदेशी हस्तक्षेप’को चेतावनी दिँदै २०७८ जेठ २९ गते वक्तव्य निकाल्नुभएको थियो ।
‘उहाँको इच्छा पूरा भएपछि भारतीय सुरक्षाकर्मीले तुइन काटेर जयसिंह धामीको हत्या गरेको सात दिन बितिसकेको छ । तर, यस जघन्य घटनाका बारेमा न उहाँको सरकार बोल्छ, न पूर्वप्रधानमन्त्रीहरुको संयुक्त वक्तव्य नै आउँछ । हावादारी आशंकामा वक्तव्य, वास्तविक घटनामा मौनता ? यही हो विदेशी हस्तक्षेपसँग लड्ने ‘कम्फर्टेबल’ तरिका !,’ रिजालको भनाइ छ ।
प्रतिक्रिया