अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमि आयोग खारेजीविरुद्ध आन्दोलन चर्कंदै, सकडमा उत्रियो युवा संघ र किसान महासंघ

भूमि आयोग खारेजीविरुद्ध आन्दोलन चर्कंदै, सकडमा उत्रियो युवा संघ र किसान महासंघ


काठमाडौं– भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध आन्दोलन चर्कन सुरु भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले आयोग खारेजी गरेर सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै संघर्ष सुरु गरेको छ ।

आयोग विघटनविरुद्ध आज एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । अपरान्ह ३ बजे विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीहरुमार्फत ज्ञापनपत्र बुझाउने कार्यंक्रम रहेको महासंघका अध्यक्ष प्रेम दंगालले बताए ।

एमाले सम्बद्ध युवा संघले पनि आजै विरोध प्रदर्शन गर्दैछ । भक्तपुरको मनहरा फाँटको सुकुम्बासी बस्तीबाट आयोग खारेजविरुद्ध आन्दोलनको सुरुआत हुने युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।