अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कुलमान निर्विकल्प होइनन्, अवसर दिए अरु कुलमान भेटिन्छन्ः वाईसीएल अध्यक्ष सापकोटा

कुलमान निर्विकल्प होइनन्, अवसर दिए अरु कुलमान भेटिन्छन्ः वाईसीएल अध्यक्ष सापकोटा


काठमाडौं– नेकपा माओवादी केन्द्र निकट वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले कुलमान घिसिङबाहेक अरु विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

वाईसीएल अध्यक्ष सापकोटा मुलुकलाई एक होइन हजार कुलमान चाहिएको र अवसर दियो भने त्यस्तो व्यक्ति भेटिने धारणा व्यक्त गर्नुभयो । ‘कुलमान घिसिङको नियुक्तिप्रक्रियादेखि आजसम्म उनको पक्षमा खडा हुनेमध्यको म पनि एउटा हुँ। हामीलाई एक कुलमान होइन हजार कुलमान चाहिएको छ । खोज्यो भने र अवसर दियो भने भेटिन्छ । निविर्कल्प देख्नुहुँदैन भन्ने मेरो बुझाईलाई कुलमान विरोधी देख्ने उत्तेजनाप्रति केहि भन्नु छैन,’ उहाँको भनाइ छ ।