अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग

पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग


बझाङ– सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन सुरु भएको छ ।’

राजमार्ग खुलेसँगै बझाङ जाने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन चलेका छन् ।