काठमाडौं– माधवकुमार नेपाल पक्षका नेता तथा एमाले सचिव भीम आचार्यले आफूहरूका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको कुरा गलत भएको बताउनुभएको छ ।
आज बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफूहरूका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको भन्ने कुरा अस्वीकार गर्नुभएको हो ।
‘मन्त्रिपरिषद् विस्तार हाम्रो पक्षका कारण रोकिएको होइन, प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण हो । देउवाकै कारण सरकार विस्तार नभएको हो,’ नेता आचार्यले भन्नुभयो ।
उहाँले नेकपा एमाले प्रतिपक्षमा बसेका बेला आफूहरू सरकारमा जाने जस्तो उल्लु काम नगर्न पनि आग्रह गर्नुभयो । ‘पार्टी चाहिँ प्रतिपक्षमा बस्ने अनि हामी सत्तामा जाने जस्तो उल्लु काम हामी गर्दैनौँ,’ नेता आचार्यले भन्नुभयो, ‘राजनीतिक र संवैधानिक रूपमा पनि यस्तो बेठीक काम कम्तीमा हामीबाट हुने छैन ।’
प्रतिक्रिया