काठमाडौं– गत २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४०८ को नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
थप ३७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ रहेको छ ।





प्रतिक्रिया