अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल टेलिभिजनका अध्यक्ष विष्टद्वारा राजीनामा

नेपाल टेलिभिजनका अध्यक्ष विष्टद्वारा राजीनामा


काठमाडौं– नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिनुभएको छ ।

विष्टले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिनुभएको हो । मन्त्रालयको नेतृत्व अहिले स्वयं प्रधानमन्त्रीले गरिरहनुभएको छ ।

विष्टले आफूले स्वइच्छुक रूपमा राजीनामा दिएको बताउनुभयो । ‘मैले आज स्वैच्छिक रूपमा पदबाट राजीनामा दिएको छु,’ विष्टले नेपाली बहस डट कमसँग भन्नुभयो ।

विष्टलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो ।

विष्टको कार्यकालमा नेपाल टेलिभिजनका प्रादेशिक प्रसारण सुरु हुनुका साथै सबै च्यानलाई एचडी प्रविधिमा लगिएको थियो । उहाँको कार्यकालमा निरन्तर घाटामा रहेको नेपाल टेलिभिजनले उल्लेख्य कमाई गरेको थियो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहनुभएका विष्टले न्यूनतम पारिश्रमिक निर्धारण समितिको नेतृत्व गरिसक्नुभएको छ । उहाँले इमेज टेलिभिजन, नेपाल समाचार पत्र दैनिकलगायतका मूलधारका सञ्चार गृहमा रहेर पत्रकारिता गर्नुभएको छ ।