अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकताबद्ध एमालेको पक्षमै छु : माधव नेपाल

एकताबद्ध एमालेको पक्षमै छु : माधव नेपाल


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एकताबद्ध एमालेको पक्षमै रहेको बताउनुभएको छ ।

आज आफू पक्षका केन्द्रीय सस्यहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको भनाइ उदृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताउनुभएको थियो । नेपालले बोलेपछि वार्ता कार्यदलमा माधव नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराउनुभएका बैठकपछि नेता पन्तले जानकारी दिनुभयो ।

रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गर्नुभएको थियो ।

बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएको पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक बिहीबार पनि बस्ने छ ।