अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प


काठमाडौं- इन्डोनेसियामा ५.६ रिक्टेर स्केलको भूकम्प गएको छ ।

इन्डोनेसियाको मध्य भागमा पर्ने पूर्ब नूसा टेन्गारामा ५.६ म्याग्निच्युडको भूकम्प गएको सिन्हवाले उल्लेख गरेको छ ।

भूकम्प मध्यान्ह १२ बजेर छ मिनेटपछि गएको बताइएको छ । समुद्री सतहभन्दा करिब ५४० किलोमिटर गहिराइ भूकम्पको ‘एपीसेन्टर’ रहेको थियो ।

भूकम्पले सुनामी आउने सम्भाबना नरहेको बताइएको छ ।