अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी विधान संशोधनको गृहकार्यमा अध्यक्ष ओली

पार्टी विधान संशोधनको गृहकार्यमा अध्यक्ष ओली


काठमाडौं- पार्टी एकता प्रक्रिया चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधनको गृहकार्य सुरु गर्नुभएको छ ।

आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका सीमित नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले स्थायी र केन्द्रीय समितिका केही नेताहरुसँग आन्तरिक छलफल गर्न लागेको जानकारी दिनुभयो । छलफलका लागि प्रदेश कमिटी अध्यक्षहरुलाई समेत बोलाइएको छ ।