अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्युनतम साझा कार्यक्रम सत्तारुढ शीर्ष नेताहरुलाई बुझाइयो

न्युनतम साझा कार्यक्रम सत्तारुढ शीर्ष नेताहरुलाई बुझाइयो


काठमाडौं- सत्तारुढ दलहरुको कार्यदलले संयुक्त सरकारको सत्ता संचालनका लागि न्युनतम साझा कार्यक्रम तय गर्दै तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

शुक्रवार बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयन, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति प्रक्रियाको पूर्णता, सामाजिक रुपान्तरण, राहत, पुनर्निमाण र पुनर्स्थापना, पर्यावरणीय सन्तुलन, सामाजिक रुपान्तरण लगायतका विषयलाई संयुक्त सरकारको मुख्य प्राथमिकताका रुपमा प्रस्तुत गरिएको छ।