अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपाध्यक्षका ससुराको शोकमा गाउँपालिकामा सार्वजनिक विदा

उपाध्यक्षका ससुराको शोकमा गाउँपालिकामा सार्वजनिक विदा


तेह्रथुम-तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराको निधनमा सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गरेर आज शुक्रबार उपाध्यक्षका ससुराको निधनमा सार्वजनिक विदा दिएका हुन्।
जारी सूचनामा उपाध्यक्षका ससुरा कृष्णप्रसाद गौतमको साउन २१ गते राति ११ः४० निधन भएको र आज ९२२ गते० विदा दिइएको गाउँपालिकाद्वारा जारी सूचना उल्लेख छ।
गाउँपालिकाले गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालयहरु सबैमा शोक विदा दिने निर्णय भएको जनाएको छ।