अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश तह बोझ भयोः कमल थापा

प्रदेश तह बोझ भयोः कमल थापा


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश तह खारेज गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने उल्लेख गरेकोमा आपत्ति जनाउँदै थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेकोसमेत उल्लेख गर्नुभयो । थापाले शुक्रबार ट्वीट गर्दै भन्नुभएको छ, ‘राष्ट्रको लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीय तहलाइृ अझ बढी साधन स्रोत र अधिकार सम्पन्न तुल्याउनुपर्छ । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो ।’

स्थानीय तह प्रदेश मातहत ल्याउने तयारीको स्थानीय सरकारका नेतृत्वदायी दुई संगठन नगरपालिका संघ र गाउँपालिका महासंघले विरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्
स्थानीय तहलाई प्रदेश मातहत ल्याउने देउवा सरकारको तयारी