अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटीमा माधव नेपालको भनाइ, ‘ओलीप्रति विश्वास छ’

केन्द्रीय कमिटीमा माधव नेपालको भनाइ, ‘ओलीप्रति विश्वास छ’


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास नै रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार सकिएको केन्द्रीय कमिटीमा आफ्नो धारणा राख्दै नेपालले ओलीले आफूमाथि जति लान्छाना लगाए पनि आफू एकताको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय साथीहरुले केपी ओलीले अल्मल्याउन खोजेको भन्नुभएको छ, तर म त्यस्तो नहोला भन्ने ठान्दछु, एकतामा नै जोड दिन चाहन्छु ।’

केन्द्रीय कमिटी बैठकले चार बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गरेको छ । बैठकले वरिष्ठ नेताहरुमाथि लगाइएको लान्छनाप्रति दुःख व्यक्त गरेको छ । साथै एमाले संस्थापनले पार्टी सदस्यता नवीकरण र संगठनात्मक गतिविधि अघि बढाएकोमा ध्यानाकर्षण गराएको छ ।

बैठकले १० बुँदे सहमतिले एकताको आधार तयार गरेको भन्दै थप वार्ता र छलफल अघि बढाउने निर्णय गरेको छ ।

नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताउँदै आफ्नो कारणले मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्ने भनाइमा सत्यता नभएको स्पष्ट पारेको छ ।