काठमाडौं– खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा महानगरीय प्रहरी परिसरले कलङ्कीको खसी बजारबाट चार जनालाई पक्राउ गरेको छ ।
खसीको मासु भनी बाख्रीको मासु बेचेको आरोपमा प्रहरीले भारतको बिहार बहराई घर भइ कलङ्की बस्दै आएका मासु पसलका सञ्चालक ६७ वर्षीय गुलाम रसोल क्रोसिलसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसोलसहित बिहार बहराईकै २५ वर्षीय जवीर क्रोसिल, २१ वर्षीय जावीर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका प्रहरीले जनाएको छ । उनीहरुले बाख्रीको मासुलाई खसीको मासुसँगै मिसाएर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया