अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलमा एकैदिन १ हजार ५६ सङ्क्रमितको मृत्यु

ब्राजिलमा एकैदिन १ हजार ५६ सङ्क्रमितको मृत्यु


काठमाडौं- ब्राजिलमा गएको चौबीस घण्टामा एक हजार ५६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणले ब्राजिलमा हालसम्म पाँच लाख ६१ हजार ७६२ जनाको मृत्यु भएको छ ।

ब्राजिली स्वास्थ्य निकायका अनुसार गएको चौबीस घण्टामा ४२ हजार १५९ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै ब्राजिलमा कोरोनाका कुल सङ्क्रमित दुई करोड एक लाख आठ हजार ७४६ पुगेको छ ।
संयुक्त राज्य अमेरिकापछि ब्राजिल कोरोना सङ्क्रमणले सबैभन्दा बढी मृत्युको सामना गरेको छ । ब्राजिलले पछिल्ला दिनहरुमा पुनः कोभिड १९ को अर्को लहरको सामना गरेको छ ।

ब्राजिलमा हालसम्म कम्तिमा १४ करोड ९२ लाख ब्यक्तिले कोभिड १९ बिरुद्धको खोपको एक डोज लगाएका छन् । चार करोड ४२ लाखले पूर्ण खोप लगाएका छन् ।