अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिव भट्टराईकी आमाको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

एमाले सचिव भट्टराईकी आमाको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईकी आमाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज शोक वक्तव्य जारी गर्दै उहाँले सांसद भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले भट्टराईको निधनले दुखि बनाएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदनासमेत प्रकट गर्नुभएको छ ।

सांसद भट्टराईकी आमाको निधन आइतबार भएको थियो । उहाँको हिजै अन्त्यष्टि गरिएको छ ।