काठमाडौं– सरकारको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले आन्दोलन गरेका छन् ।
सरकारको सो निर्णयको विरोध गर्दै वर्षाका बाबजुद पनि भूमिहिन सुकुम्बासीहरू दाङ, पाेखरालगायत विभिन्न स्थानमा आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले गत मंगलबार आयोग खारेज गर्ने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७६ चैतमा देवीप्रसाद ज्ञवालीको नेतृत्वमा उक्त आयोग गठन गरेको थियो ।
भूमिहीन सुकुम्बासीको आन्दोलन । तस्बिर : शान्ता चौधरी
प्रतिक्रिया