काठमाडौं– गुटबन्दीलाई रोक्नका लागि आगामी दशौँ महाधिवेशनदेखि नेकपा एमालेमा अब अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी केन्द्रीय कमिटीले चुन्ने व्यवस्था गरिने भएको छ ।
पार्टी स्थायी समितिको आजको बैठकले विधानको यो प्रावधानलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेको छ । पार्टीभित्रको गुटगत प्यानललाई निस्तेज पार्न यस प्रकारको प्रबन्ध गरिएको नेताहरूले जनाएका छन् ।
यो प्रावधान पास भए अब गुटका आधारमा महाधिवशेनमा प्यानलमा उम्मेद्वार हुने छैनन् । यसले पार्टीभित्र मौलाएको गुटलाई रोक्ने विश्वास नेताहरूले गरेका छन् ।
यसैगरी, पाँच जना उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने प्रस्ताव गरिएको छ । जसअनुसार हरेक प्रदेशमा एक जना सचिव रहने गरी यो संख्या थप्न लागिएको हो ।
स्थायी कमिटीले पास गरेको प्रस्ताव केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीमा पेश गर्नुभएको छ ।







प्रतिक्रिया