अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सोमबारको निर्णयले एकता प्रयास गरेकालाई निराश बनाएको छ : उप-महासचिव भूसाल

सोमबारको निर्णयले एकता प्रयास गरेकालाई निराश बनाएको छ : उप-महासचिव भूसाल


काठमाडौं- नेकपा एमालेका उप-महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमले पार्टी एकता प्रयासलाई निराश बनाएको प्रतिक्रिया दिनुभएको छ ।

उप-महासचिव भुसालले सोमबारको निर्णय फागुन २८ कै निरन्तरता भएको बताउनुभयो । उहाँले यस्ता निर्णयले पार्टी एकतामा कुनै योगदान नगर्ने समेत बताउनुभयो ।

नेपाल पक्ष सहभागी नभएको बैठकले पार्टी अध्यक्षलाई शक्तिशाली हुने गरी नयाँ विधान प्रस्ताव गरेको छ। एमाले उप-महासचिव भूसालले एकताको प्रयास चलिरहेका बेलामा भएको यस्ता एकलौटी निर्णयले एमाले कार्यकर्ता र शुभचिन्तकलाई समेत निराश बनाएको जिकिर गर्नुभयो ।

‘ओलीजीले फागुन २८ गते पार्टीको वैधानिक केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने ठाउँमा आफ्नो गुटको बैठक राखेर त्यसलाई पार्टीको बैठक भनेर घोषणा गरेपछि समस्या सुरू भएको हो। तसर्थ त्यहाँबाट उहाँ विभाजनमा अघि बढ्नु भएको हो,’ उहाँले भन्नुभयो, ‘हामीले त्यो बेलादेखि नै एकताका लागि प्रयत्न गरेको हो। यो बीचमा दस बुँदे सहमति भयो। दस बुँदेलाई लागू गर्न स्थायी कमिटीको बैठक अहिले रोकौं भन्दा उहाँले मान्नुभएन। त्यसप्रति उहाँको इमान्दारिता देखिएन।’