अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्ड मानेनन् : देउवा

सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्ड मानेनन् : देउवा


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नमानेको बताउनुभएको छ ।

नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा बुधबार प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको बताउनुभयो ।

भेलामा पार्टी उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले आफूले राख्न चाहे पनि प्रचण्डले नमानेको बताउनुभयो ।