काठमाडौं -नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज अपराह्न ४ः१५ मा सार्वजनिक गर्ने भएको छ ।
शुक्रबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति पास गर्दै सवा ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको भेटमा मौद्रिक नीति र बजेट संशोधनमा छलफल भएको थियो।
छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न अनुमति दिनुभएको थियो ।
नेपाल राष्ट्र बैंकले सञ्चालक समिति सदस्यहरुलाई शुक्रबारको बैठकको लागि बिहीबार पत्र पठाएको थियो। आज ८ बजेदेखि १० बजेसम्म बसेको बैकठले मौद्रिक नीतिलाई पास गरेको छ।
प्रतिक्रिया