काठमाडौं -नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८\७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले वाणिज्य बैंकलाई मर्जरमा जाँदा विभिन्न १० प्रकारका छुटको व्यवस्थासहित सेयर धितो कर्जामा कडाइ गरेको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जा लिँदा बढीमा १२ करोड र एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्मको सीमा कर्जा लिन पाइने व्यवस्था गरेको छ ।
साथै कोरोना महामारीबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई विभिन्न प्रकारका राहतको व्यवस्था गरेको छ भने सार्वजनिक सवारी साधनका यातायात व्यवसायीलाई प्रतिगोटा सवारी अनुसार २ लाखसम्म थप कर्जा उपलब्ध गराइने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।
मौद्रिक नीतिको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस ।
प्रतिक्रिया