पोखरा– नेकपा एमालेले गण्डकी प्रदेशसभामा छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो ।
गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय छन् । ती सरकारका काम कारवाहीलाई निगरानी र खबरदारी गर्न प्रतिपक्षी दल नेकपा एमाले छायाँ सरकार गठन गरेको सांसद राजीव पहारीले जानकारी दिनुभयो ।
सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी समूह गठन गरिएको हो । उक्त समूहमा मायानाथ अधिकारी र मीना गुरुङ सदस्यका रूपमा भूमिका निर्वाह गर्नु हुनेछ ।







प्रतिक्रिया