काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युवा पुस्तामा अध्ययन र लेखनप्रति चासो घट्नु दुर्भाग्यपूर्ण रहेको भन्दै राजनीतिमा लाग्ने युवाहरुलाई बौद्धिक विकासमा केन्द्रित हुन सुझाव दिनुभएको छ ।
अनेरास्ववियुकी उपाध्यक्ष तथा युवा नेतृ सुनिता बरालको पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ शनिवार लोकार्पण गर्दै महासचिव पोखरेलले बरालको पुस्तकका केही अंश पढ्दा आफूले उनमा भविष्यको नेतृत्व गर्न सक्ने सम्भावना देखेको बताउनुभयो ।
बरालको पहिलो पुस्तक समृद्धिप्रतिको संकल्पमा राजनीतिक, प्रशासनिक,विकास तथा आर्थिक सामाजिक पक्षहरुको बारेमा गहन अध्ययनपछिका निष्कर्ष समेटिएको कार्यक्रमका वक्ताहरूले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक तथा अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराई,अनेरास्ववियुका अध्यक्ष ऐन महर लगायतका वक्ताहरुले पुष्तकमाथि टिप्पणी गर्नुभएको थियो ।







प्रतिक्रिया