काठमाडौं– अमेरिकाले अफगानिस्तानस्थित आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।
अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने जानकारी गराएको छ ।
अमेरिकाले दुई दशकपछि सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ ।
अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई फर्काउने तयारी गरे पनि अन्य विदेशी दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरतलाई नेपाल फर्काउने विषयमा जानकारी गराएका छैनन् ।
प्रतिक्रिया