अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानका नेपालीको उद्धारका लागि कार्यदल गठन

अफगानिस्तानका नेपालीको उद्धारका लागि कार्यदल गठन


काठमाडौं -अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले कार्यदल गठन गरेको छ। त्यहाँ रहेका नेपालीको यकिन अवस्था बुझ्न र आवश्यक समन्वय तथा उद्धार गर्नका लागि आइतबार कार्यदल गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मुख्यसचिव शंकर बैरागीको संयोजकत्वमा भएको अन्तर–मन्त्रालय बैठकले परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्यहरु रहने गरी कार्यदल गठन गरेको हो।
उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट मा अनलाइन रजिस्ट्रेसन व्यवस्था गरिएको छ। यो पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई आग्रह गरिएको छ।
उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु कन्सुलर सेवा विभागमा ९७७–९७४९३२६४५८ र परराष्ट्र मन्त्रालयको ९७७–९७४९३२६४५९ नम्बरको व्यवस्था गरिएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा यी नम्बरहरु मार्फत सम्पर्क गर्न सकिने परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गर्न विभिन्न देशका कूटनीतिक नियोगहरूसँग पनि अनुरोध गरेको छ। नेपाली नागरिकलाई सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको जनाएको छ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ। आवश्यक सहयोगका लागि दूतावासका यी फोन नम्बर र इमेलहरू मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।

ह्वाट्सएपसहितको हटलाइन नम्बर ं९१८९२९६०१९२५ र इमेल भयलमभजिष्२mयाब।नयख।लउ र अयलकगबिचलभउबष्झिदबककथ२नmबष्।िअयm मा पनि सम्पर्क गर्न सकिने छ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि सरकारले निर्देशन दिइसकेको छ।