अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ल्याण्डफिल्ड साइटको सडक बिग्रिएकोले केहीदिन घरबाट फोहोर बाहिर ननिकाल्नु : काठमाडौं महानगर

ल्याण्डफिल्ड साइटको सडक बिग्रिएकोले केहीदिन घरबाट फोहोर बाहिर ननिकाल्नु : काठमाडौं महानगर


काठमाडौं-काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नगरवासीलाई  अपिल गरेको छ ।

महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।
‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउनेछ । नगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ(कुनामा फोहोर थुप्रिन सुरु भएको छ । अझै कति दिनपछि फोहोर उठ्छ भन्ने निश्चित छैन ।

काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

फोहोर विसर्जन गर्ने अर्को विकल्प नभएकोले सिस्डलमा समस्या हुँदा काठमाडौं बेलाबेलामा दुर्गन्धित बन्ने गरेको छ ।