काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई आवश्यक पर्दा उद्धार गर्न निर्देशन दिएको बताउनुभएको छ ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले सो जानकारी दिनुभएको हो । त्यहाँ रहेका नेपाली नागरिकको अवस्था अहिले बुझ्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘सुरक्षा र उद्धारका लागि सबै नेपालीको अभिभावकत्व लिन सरकार तयार छ’ देउवाले लेख्नुभएको छ ‘यसका लागि आइतबार नै सबै सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छु ।’
प्रतिक्रिया