अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा तदारुकता देखाउन सभामुखको रुलिङ

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा तदारुकता देखाउन सभामुखको रुलिङ


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो नेपाल ल्याउने वातावरण बनाउन सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्दारमा तदारुकता नदेखाएको भन्दै रुलिङको माग गरेपछि सभामुख सापकोटाले नेपालीहरूको उद्दारमा तदारुकता देखाउन रुलिङ गर्नुभएको हो ।

‘अफगानिस्तानमा नेपालीहरूको स्थिति के छ र त्यहाँ रहेका नेपालीहरूको उद्दारको विवरण यथाशीघ्र जानकारी गराउन म सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुखको रुलिङ छ ।