काठमाडौं– गत २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, आज २ हजार ४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म ६ लाख ८५ हजार १४० जना कोरोना मुक्त भएका छन् ।
गत २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।
काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन् ।





प्रतिक्रिया