अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका भोलि दुई बैठक :स्थायी कमिटी ११ बजे, संसदीय दल तीन बजे

एमालेका भोलि दुई बैठक :स्थायी कमिटी ११ बजे, संसदीय दल तीन बजे


काठमाडौं -नेकपा एमालेले भावी रणनीति तय गर्न भोलि ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक बोलाएको छ ।
आज बालकोटमा स्थायी कमिटीका उपलब्ध नेताहरुको बैठकले भोलिका लागि दुवै बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य छबीलाल विश्वकर्माका अनुसार स्थायी कमिटी च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्नेछ ।
बैठकमा वर्तमान् सरकारका काम कारबाही,सरकारले ल्याउन सक्ने विभिन्न अध्यादेशका बारेमा छलफल भएको छ ।