काठमाडौँ- बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजेका लागि बैठक बोलाउनुभएको हो । सरकारले दल विभाजनको अध्यादेश ल्याउन सक्ने बुझिएको छ ।
आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको छ ।
सोमबार मात्रै संसद्को अधिवेशन अन्त्य गरिएको थियो ।







प्रतिक्रिया