अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट केही व्यक्ति बाहिरिन सक्छन् : प्रदीप ज्ञवाली

एमालेबाट केही व्यक्ति बाहिरिन सक्छन् : प्रदीप ज्ञवाली


काठमाडौं– नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले केही व्यक्ति बाहिरिन सक्ने बताउनुभएको छ । उहाँले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिएमा एमालेबाट केही व्यक्ति बाहिरिन सक्ने बताउनुभएको हो ।

‘पार्टीभित्र सकारात्मक ढंगले योगदान गर्न चाहनेलाई बैठकबाटै आह्वान गरेका छौँ । तर, केही व्यक्तिहरू बाहिरन सक्ने अनुमान गर्न सकिन्छ,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

एमालेले शान्तिपूर्ण जनपरिचालनको माध्यमबाट अध्यादेशको विरोध उहाँले बताउनुभयो ।

‘एमालेलाई तपाईंहरुले चिन्नुभएकै होला । एमालेकै तरिकाले विरोध हुन्छ । शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनका माध्यमबाट जाने हो,’ ज्ञवालीले भन्नुभयो ।