काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जानुभएको छ ।
मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको हो । अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैँ शीतल निवास जानुभएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।






प्रतिक्रिया