अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वाञ्चल अस्पतालका सीईओ प्रसाईंको घोषणा : १० हजार महिलाको पाठेघर क्यान्सर निःशुल्क जाँच गरिने

पूर्वाञ्चल अस्पतालका सीईओ प्रसाईंको घोषणा : १० हजार महिलाको पाठेघर क्यान्सर निःशुल्क जाँच गरिने


झापा– पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी प्रमुख (सीइओ) डा. निराजन प्रसाईंले १० हजार महिलाको पाठेघरको क्यान्सर निःशुल्क रूपमा जाँच गर्ने घोषणा गर्नुभएको छ ।

अस्पतालले सोमबार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईले सो घोषणा गर्नुभएको हो ।

महिलाको पाठेघरसम्बन्धी क्यान्सर रोगी धेरै पाइएको कारण जनचेतना जगाउन अस्पतालले यो अभियान सुरू गरेको उहाँले बताउनुभयो ।

उहाँ बीएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईका छोरा हुहुन्छ । हाल बीएन्डसी र क्यान्सर अस्पतालको प्रशासनिक नेतृत्व निराजनले नै गरिरहनुभएको छ ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा स्वास्थ्य शिविरको आयोजना गरी महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्ने र क्यान्सर पुष्टि भएका हरेक विरामीको उपचारमा १ लाखको उपचार सहयोग गर्ने समेत उनले बताउनुभयो ।

भदौ ६ गतेदेखि अस्पतालमा निःशुल्क ओपीडी सेवा प्रदान गरिने र एक हजार विपन्न परिवारको स्वास्थ्य विमा समेत अस्पतालका तर्फबाट गरिने प्रसाईले घोषणा गर्नुभएको छ ।