अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दल विभाजन अध्यादेशविरुद्ध अनेरास्ववियुले विरोध जुलुस निकाल्ने

दल विभाजन अध्यादेशविरुद्ध अनेरास्ववियुले विरोध जुलुस निकाल्ने


काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

सरकारले ल्याएकाे अध्यादेश जनविरोधी र दलिय व्यवस्थाविरुद्ध रहेकाले आज प्रदर्शन गर्न लागिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जानकारी दिनुभयो ।

साँझ ५ बजे भृकुटीमण्डपबाट अनेरास्ववियुले विरोध जुलुस निकाल्ने उहाँले बताउनुभयो । अध्यक्ष महरले विरोध जुलुसमा सहभागी हुन पनि अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई अपिल गर्नुभएको छ ।

साथै, अनेरास्ववियुले देशैभरी विरोध गर्न मातहत जिल्ला कमिटिहरूलाई निर्देशनसमेत दिएको छ ।