काठमाडौं– सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरूले असन्तुष्टि जनाउनुभएको छ ।
उहाँहरूले वरिष्ठ नेता नेपालले दल विभाजन गर्न खोजे साथ दिन नसक्ने समेत बताउनुभएको छ ।
नेपाल समूहलाई नयाँ दल बनाउन सहज होस् भनेर नै यो अध्यादेश ल्याइएको सत्तारुढ गठबन्धनका नेताहरूले बताउनुभएको छ । तर, नेपाल समूहकै नेताहरूले पनि राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाउनुभएको छ ।
नेपाल समूहमा रहेका सचिव गोकर्ण विष्टले अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक भएको प्रतिक्रिया दिनुभयो । यसले दल विभाजनलाई प्रोत्साहन गर्ने भन्दै सचिव विष्टले भन्नुभएको छ, ‘यसले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने छ । यस प्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौँ ।’
नेपाल समूहमा रहेका सांसद यज्ञराज सुनुवारले पनि दलहरू पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ ।






प्रतिक्रिया