अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र [सूचीसहित]

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र [सूचीसहित]


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गर्ने भएको छ ।

एमालेले उहाँहरूलाई कारबाही गरी सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई सूचनासमेत पठासकेकाे बताइएको छ । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरूले पनि माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सुनेको बताउनुभयो ।

‘कारबाही गर्ने अधिकारी पार्टी अध्यक्षलाई छ । मैले पनि भर्खरै उहाँहरूलाई कारबाही गरेको कुरा थाहा पाएकोे छु,’ नेम्बाङले भन्नुभयो ।

कारबाहीमा परेका सांसद :

१. माधवकुमार नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी