अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३२७४ जनामा कोरोना पुष्टि, २७ संक्रमितको मृत्यु

आज ३२७४ जनामा कोरोना पुष्टि, २७ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पीसीआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै, आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।